धम्मजय दिवस

धर्मबाट विजय भएको दिन

आज भन्दा करीब 53 वर्ष पहिला बु.स. 2512  अगस्त 27 मा जलबूल शुद्धिफल भन्ने युवा थाइल्याण्डको राजधानी बैंकक स्थित वाट पाकनाम विहारमा उपसम्पदा भई पूर्ण रुपमा भिक्षुत्त्व प्राप्त गरी धम्मजयो नाम पाउँनु भयो । जसको अर्थ धर्मबाट विजय हुने हो । उहाँ आफ्नो सारा जीवन बुद्ध शासनको लागि नै समर्पित गर्ने छु भन्ने दृढ संकल्प र विश्व भरका सारा मानिसहरुमा सधर्म उत्पन्न गराई सबैमा आन्तरिक सुख दिलाउँने छु भनी यस प्रकारको उद्दघार ब्यक्त गर्नु भएको थियो ।

भिक्षु धम्मजयो भन्तेको सम्यक् संकल्प ( फा दाम छिएङ्ग माई, अञ्चल थाइल्याण्ड )

“ यस फा दाममा भएका सारा देवताहरु साक्षी भयो कि मेलै यो कासायवस्त्र जुन अरहन्तहरुका धोजा हो लगाएको छुँ । यो ठाउँमा बसी अहिंसा नै परम धर्म हो यसलाई नै अपनाएको छुँ जसले गर्दा मेरो चित्त यहाँको पाहाड भन्दा पनि विशाल भएको छ । यो विशाल पाहाड भरी भएका सारा देवता र सत्व प्राणीहरु सुनुन कि म मेरो सारा जीवन बुद्ध शासनलाई अर्पण गर्दछु । आफुमा पुण्य पारमिता पूरा गर्नको लागि, यसरी म आफु र सत्व प्राणीहरुलाई दुःखको भुमरीबाट मुक्त गराउँने छु । जब सम्म सम्पूर्ण सत्व प्राणीहरु निर्वाणमा पुगिदैन । तब सम्म म फेरी फेरी यस्तै नै गरी पुण्य पारमिता गरी सत्व प्राणीहरुलाई निर्वाण प्राप्त गराउँने काम गरी बस्ने छु । यसरी सबैलाई निर्वाण सम्म पुर्याइदिई सके पछि अन्तमा आफु निर्वाणमा जानेछु । सारा सत्व प्राणीहरुमा सुख शान्ति छाओस् । ”

धम्मजयो भिक्खु

प्रव्रजित हुनु भन्दा पहिले

धम्मजयो भन्तेको गृहस्तको नाम छाईबूल शुद्धिफल हो । उहाँलाई सारा विषयका किताबहरु पढ्नेमा रुची थियो र साथै सानै बेला देखि धर्ममा पनि मन लगाउँनु हुन्थ्यो । यसैले गर्दा उहाँ पहिला देखि नै धर्मका कुराहरु वा ज्ञानको खोजिमा सधै लागिरहनु हुन्थ्यो ।

       एक दिन उहाँले वाट पाकनाम विहारमा बस्नु हुने फ्रा मोङखोन थेप मुनी (सोदचन्द सरो) भन्तेले लेख्नु भएको “धम्मकाय” नामको किताब फेला पाउँनु भयो । त्यस किताबमा “यदि राम्रो र साँचो गर्न चाहनु हुन्छ भने भगवान बुद्धले देखाउँनु भएको मार्गलाई अपनाइकन धर्मलाई जान्ने र देख्ने गरी अभ्यास गर्नु पर्छ ।” र साथमा किताबको अन्तमा वाट पाकनाम विहारमा धर्मलाई जान्ने र देख्ने गरी अभ्यास सिक्न सकिन्छ भनी थोकुवा गरी पनि लेखि राखेको थियो । यो कुराले उहाँलाई वाट पाकनाम विहारको त्यो भन्ते संग धर्म सिक्ने इच्छा प्रकट भयो ।

एक दिन उहाँ पुन एउटा विपश्सनाको रमाइलो भन्ने किताब भेट्टाउँनु भयो । जसमा वाट पाकनाम फासी चरण विहारका ध्यान गुरु भन्ते “ ल्हुवं पू ” का उत्कृष्ट शिष्य आचार्य खुनयान चान खोननोक युङ ( अनागारिका गुरुमां ) ले धम्मकाय विद्यालाई पुन सिकाउँन सक्ने हुनु हुन्छ भन्ने कुरा लेखि राखेको थियो । यो कुरा थाहा पाइसके पछि उहाँ स्कूलको समय देखि नै वाट पाकनाम विहारमा गई खुनयाय गुरुमाँलाई भेटी ध्यान अभ्यास सिक्ने दृढ मन गर्नु भयो ।

       एक युवा जसले ध्यान भावनाबाट आफु र अरु सबलाई फाइदा हुने देखेर ध्यान साधनाको अभ्यास निरन्तर रुपमा अभ्यास गर्नु भयो । आफु मात्र होइन आफ्नो क्याम्पसका साथीहरुलाई पनि ध्यान भावना गर्नको लागि आहवान गर्नु हुन्थ्यो । जसले गर्दा ध्यान विद्यार्थीहरुमा ध्यान साधना गर्ने एक तरंग बस्न गयो र धेरैको जीवन सकारात्मक पक्ष तिर राम्रो हुदै विकास भै आएको पनि देखेर उहाँलाई यो ध्यान साधनाको बाटोमा अझ धेरै दृढ विश्वास र मन लाग्ने भयो ।

अति उत्तम संकल्प

ध्यान अभ्यासलाई एक चित्त मनले सत्यताका साथ अभ्यास गरेको हुनाले उहाँको ध्यानमा भएको अनुभवहरु राम्रो हुदै ध्यान समाधि राम्रो हुदै आयो । ध्यानमा पारंगत हुदै आयो जसले गर्दा खुनयाय आचार्य संग ध्यान बस्न आउँने सबले पनि उहाँ भन्तेलाई ध्यानमा पारंगत भएको कुरामा सम्मान गर्नु भयो र उहाँलाई ध्यान योगीहरुलाई निर्देशन दिने आचार्य सम्म पनि बनाइदिनु भयो ।

       ध्यान भावनाबाट पाएको सुखले उहाँलाई ध्यानको महत्त्वमा अति दिलचस्बी र ध्यान भावना मात्र एउटा हो जसले मानिसहरुलाई दुःखबाट मुक्त गराइ सुख संग भेट गराइ दिन सक्छ । र साथमा ध्यान भावनाले नै उहाँले जीवन भरमा सधै खोजि आएको प्रश्न कि हामी किन जन्मिन्छौं ? जीवनको साँचो लक्ष्य के हो ? को जवाफ पनि पाउँनु भयो र ध्यानबाट पाउँने आन्तिरक सुखले नै विश्वमा साँच्चिकै शान्ति ल्याउँछ भन्न कुरा पनि थाहा पायो ।

आफ्नो संकल्पलाई अम्जाम दिएको

उहाँ जब स्नाकतरमा अध्ययनरत रहदाँ खेरि देखि नै प्रव्रजित हुने इच्छा थियो । किनकि उहाँ विश्वास गर्नु हुन्थ्यो कि प्रव्रजित नै त्यो मार्ग हो जसले मानिसहरुलाई दुःखबाट मुक्त गराई सुख संग भेट गराई दिन सक्छ । त्यस कारण बु.स. 2512 मा स्नाकतरको अध्ययन सकि सके पछि बैंकक स्थित वाट पाकनाम विहारको उपोसथागारमा बु.स. 2512 अगस्ट 27 तारिकका दिन प्रव्रजित भिक्षुमा उपसम्पदा गह्रण गरी धम्मजयो भिक्षु हुनु भयो । जसको अर्थ धर्मबाट विजय पाउँने हो ।

        नयाँ प्रव्रजित उहाँको जीवनमा एक त उहाँ पहिले देखि नै शीलाचरित्रले सम्पन्न हुनु भएको र त्यस माथि पनि आफुले सत्व प्राणीलाई दुःखबाट मुक्त गराई सुख दिलाउँने सम्यक् संकल्पलाई पूरा गर्न धर्मलाई परियति  र प्रतिपत्ति दुबैबाट अभ्यास गर्न सुरु गर्नु भयो । साथमा “ बान धम्म प्रशिद्ध ” मा आउँने भक्तजनलाई पनि धर्मको कुरा सिकाउँने काम पनि गर्नु भयो । पछि मानिसहरु धेरै सङ्ख्यामा आउँन थाले पछि ठाउँको अभावले गर्दा आउँने मानिसहरुलाई बस्नको लागि सजिलो र आउँने सबै जना अत्ने ठाउँ बनाउँने विचार गर्नु भयो ।

       पछि आएर पदुमठानी अञ्ञलमा करिब 650 भन्दा बढी रोपनी जग्गा एक प्रयाद फ्याथ फोङसाविसुद्धा धिबदी भन्ने उपासिका जसलाई खुनयाय गुरुमां र धम्मजयो भन्ते प्रति श्रद्धा थियो । उहाँले आफ्नो जग्गा विहार बनाउँनो लागि जान दिनु भयो । र त्यसमा सुरुमा बुद्धचक्र ध्यान केन्द्र भनी नाममा बनाइयो र पछि त्यही नै अहिलेको वाट फ्रा धम्मकाय विहारको रुपमा परिवर्तन भयो ।  

       प्रव्रजित भएको दिन देखि नै उहाँले मन दिएर ध्यान भावनामा लाग्नु भई आफुमा गुणधर्मको विकास गर्नु भई अरुहरुलाई पनि ध्यान भावनाको अभ्यास गराउँनु भयो । जसले वर्तमानमा पनि फाइदा दिनुको साथ निर्वाण सम्म पनि पुर्याइदिने हुन्छ ।

अति नै त्याग भावना र सत्व प्राणीहरुलाई माया गर्ने स्वभाव भएकोले बिना अल्छी र थाकानको केही अनुभव नगरी कन उहाँले धर्मको कुरा सिकाउँने गर्नु भयो । उहाँले प्राणीहरुलाई गरिने माया एक अभिभावकले आफ्नो सन्तानलाई गर्ने माया झै हो । यसलाई सम्पूर्ण मानिसले स्वयम आफैले अनुभव गर्ने सक्ने कुरा हो । जसले गर्दा सबैमा उहाँले झै नै राम्रो कुशल कर्म गर्नेमा उत्साह प्राप्त भएको छ । उहाँ एक राम्रो कुशल कर्म गर्नेको केन्द्र बिन्दु भै रहेको छ ।

       त्यस कारण हरेक वर्षको 27 अगस्टमा उहाँ भन्तेले गर्नु भएको शासनिक काम र सत्व प्राणीहरुले सुख प्राप्त गर्न सकोस् भनी उनीहरुको मनोबललाई बृद्धि गर्ने महान कामको योगदानलाई स्मरण गर्दै उहाँमा कृतज्ञता ब्यक्त गर्ने गरिन्छ । यही कारणले वाट फ्रा धम्मकाय विहार, थाइल्याण्ड र विश्व भरका सबै ठाउँका शाखा विहराहरुका र अरु विभिन्न मानिसहरु जसमा उहाँ प्रति श्रद्धा छ । तिनीहरु सब मिलि पूजा पाठ, ध्यान भावना जस्ता धर्म अभ्यास गरी कुशल चित्तले उहाँको जीवन पनि सुखि र भय मुक्त होस् भनी धर्माचरण द्वारा पूजा गर्ने गरिन्छ ।

अतित देखि वर्तमान सम्म उहाँले प्रार्थना गर्नु भएको कुरा

उहाँ भन्ते प्रार्थना गर्नु भएको अनुसार मानिसहरुलाई असल मानिस बनाई, भिक्षुहरुलाई साँचो भिक्षु बनाउँने र विहारलाई पनि एख विहार झै बनाइ सत्व प्राणीहरुमा सधर्मको जरा गाड्ने काम गर्नु भयो ।

विहारलाई विहार बनाउँने

बु.स. 2513 फेब्रुवरी 20 माघ पूर्णिमाको दिनमा करिब 650 रोपनीको क्षेत्रफलमा शील धर्मको अभ्यास गर्न, राम्रो बानी ब्यहोराहरु विकास गर्न आउँने मनिसहरुलाई ठाउँको राम्रो ब्यवस्था गर्नको लागि वाट फ्रा धम्मकाय विहारले सुरुवाटको रुप लिएको थियो ।

खुनयाय र उहाँ धम्मजयो भन्तेको अगुवाइ र अरु अनुयायीहरुले मेहेनतले एक सुख्खा बाजो जमिनलाई हरियाली सुन्दर रमनिय बनाउँन सफल हुनु भयो र पछि आएको आवश्यकता अनुसार करिब 6000 भन्दा बढी क्षेत्रफलमा विहारलाई विस्तार गरी पक्की भवन र पूजा पाठ गर्ने ठाउँहरु निर्वाण गरी धर्म अभ्यासको लागि आउँने मानिसहरुलाई सुविधा जनक ठाउँको ब्यवस्था मिलाइ दिनु भयो । हाल वर्तमानमा आएर लाखौं सङ्ख्यामा मानिसहरु धर्म अभ्यासको लागि आउँने गर्दछन् ।

साँचो भिक्षु निर्माण गर्ने

उहाँ भन्ते बुद्ध परिसदहरुलाई जाग्रित गरी बुद्धशासनलाई पुन एक चोटी ब्यापकरुपमा फैलाउँनको लागि विभिन्न शासनिक कार्यहरु गर्नु भयो । यसमा भिक्षुहरुलाई साँचो भिक्षु बनाई एक श्रद्धावान भन्तेहरु शासनमा होस् र जो कोही पनि बुद्ध शासनमा श्रद्धा गरिदैन हहाँहरु पनि श्रद्धा होस् भनी भिक्षुहरुलाई धर्म अभ्यास दिने कार्य गर्नु भयो ।

       भिक्षुहरु शील धर्म सिकाउँने गुरु बनाउँनु भयो । जसले गर्दा भिक्षुहरु देश विदेशमा गई शील धर्म सिकाउँदा असल मान्छेहरु बन्ने हुन्छ । जुन कि उहाँले प्रार्थना गर्नु भएको कुरा थियो ।

असल मान्छे बनाउँने

असल मान्छे बनाउँनको लागि सब भन्दा पहिला उनीहरुमा सम्यक् दृष्टि बनाउँनु जरुरी हुन्छ । त्यसले खर्म र फलको विषयमा जान्न सिकन्छ । त्यही कारण नै मान्छेहरुमा सकारात्मक विचार बनाउँनको लागि नै सयौं भन्दा बढी धर्म अभ्यासका कार्यक्रमहरु गर्नु भएको छ ।

       असल मान्छे बनाउँने यी विभिन्न कार्यक्रमको मूल आधार सबले आफुमा आन्तरिक सुकलाई प्राप्त गर्नु प्रने हुन्छ । र त्यस आन्तरिक सुखलाई प्राप्त गर्न निरन्तर रुपमा ध्यान भावना गर्नु पर्ने हुन्छ ।

       यदि यसरी मान्छेहरुले आफुमा आन्तरिक सुख प्राप्त गरियो भने एकले अर्कालाई आफु संग भएको ती सुख प्रदान गर्ने हुन्छ । यसरी मान्छेहरुमा आफु संग भएको आन्तरिक सुखहरु एकले अर्कालाई आदान प्रदान गर्नाले नै विश्वमा शान्ति सुख आउँने हुन्छ ।

       ध्यान भावना ले नै आन्तरिक सुख शान्ति दिलाइ बाहिरी रुपमा शान्ति ल्याउँने काम गरी विश्वमा शान्ति ल्याउँछ । त्यसैले ध्यान भावना नै विश्वमा शान्ति ल्याउँनको लागि चाहिने एक अति नै महत्त्व पूर्ण विषय हो ।       

       “जब सबै जना ध्यान भावनाबाट आन्तरिक रुपमा सुख शान्ति पाई त्यसलाई बाहिरी रुपमा फैलाउँने काम गर्दछ त यसले नै विश्वमा हुने युद्धलाई रोकी शान्ति ल्याउँने काम गर्दछ” ।

भिक्षु धम्मजयो भन्तेको ओवाद

बु.स. 2565 अगस्ट 27 धम्मजयो दिवसको कार्यक्रम

       यो वर्षको धम्मजयो दिवस बु.स. 2565 अगस्ट 27 शुक्रवारको दिन वाट फ्रा धम्मकाय विहारबाट स्वदेश र विदेश गरी विश्व भरबाट भिक्षुसंघलाई निमन्त्रणा गरी विश्व भरमा सुख शान्ति छाओस् भनी online zoom बाट परित्राण पाठ र मैत्री भावना गर्ने कार्यक्रम राखिएको छ । त्यस्तै नै विश्वमा जुन सुकै ठाउँमा रहेकाहरु सारा सधर्म प्रेमीहरु एकै समयमा प्रदीप पूजा र ध्यान भावना गर्न पनि आहवान गरिएको छ ।

       त्यो दिन सबै जना online zoom बाट धम्मकाय चैत्य ( दशलाख वटा बुद्ध मुर्ति राखि निर्माण गरिएको चैत्य ) को अगाडी राखिएको LED screen मा देखा पर्ने भएकोले आफु स्वयम नै चैत्य अगाडी आइ पूजा गर्न आएको अनुभव हुने छ ।

जब हामी सबैले शुद्ध चित्त लिएर मेत्री भावना गर्छौं त हाम्रो शुद्धता र राम्रो विचारहरु पनि नजिकका मान्छेहरुमा प्रवाह हुने मात्र नभई वातावरणमा सम्म पनि यो शुद्धता र कुशल विचारहरु प्रवाह भई सबै तिर राम्रो विचार र मेत्रीले भरिएको वातावरण भई सुख र शान्तिको वाकावरण हुने हन्छ ।

 

धम्मजय दिन

२७ अगस्त सन् २०२२ ( बि.स. २०७९  भाद्र ११ गते, शनिवार )

वाट फ्रा धम्मकाय विहार, थाइल्याण्ड

कार्य तालिका ( नेपाली समय अनुसार )

 

बिहान:१५ बजे – समारहो प्रमुख श्रद्धेय भिक्षु दत्तजिवो महास्थविर  भन्ते कार्य  

स्थलमा आगमन

:२० बजे – गिनिज वल्ड रेकर्ड पुरस्कार वितरण

:४० बजे – ८० वर्षिय धम्मजयो भवन दान 

संघ भोजन दान

:५५ बजे – विहानको पुण्य कार्य समापन   

 

दिउँसो १२:१५ बजे – समारहो प्रमुख श्रद्धेय भिक्षु दत्तजिवो महास्थविर  भन्ते कार्य  

  स्थलमा आगमन 

१२:२० बजे – चीवर दानको यात्रा समारहो स्थलमा प्रवेश

:०० बजे   – ध्यान भावना

:२५ बजे – भिक्षुसंघमा चीवर दान 

:०५ बजे – प्रमुख भन्तेबाट ओवाद 

:४५ बजे – दिउँसोको पुण्य कार्य समापन 

 

साँझ  ५:४५ बजे – समारोहका प्रमुख भन्ते फ्रा भावनाधम्म विथेत पुण्य स्थलमा आगमन, 

प्रमुख दिप प्रज्वलन, वाक्य द्वारा दिप दान र ध्यान भावना 

:१५ बजे – विश्वभरका भिक्षुसंघद्वारा जुम मार्फत परित्राण पाठ  

:४५ बजे – परित्राण पाठ सम्पन्न

:४५ बजे – ४,६५,४५,४५,४५४ पटक धर्मचक्र पवर्तन सुत्र पाठ सम्पन्न