धम्मजयो भन्तेको जीवनी

ल्हुवं फअ् धम्मजयो भन्तेको गृहस्तको नाम छायबूल सुठ्ठीफोन हो । उहाँको जन्म बु.स. २४८७ अप्रिल २२ तारिक, शुक्रवारको दिन साँझ ६ बजे तिर चाउ फया नदीको किनारमा रहेको सिङबुरी अञ्चल, फ्रोमबुरी जिल्लामा रहेको बान प्याङ नगरमा भएको थियो । उहाँको पिता एक औद्योगिक कारखानाका ठूलो मिस्ट्रि हुनु हुन्थ्यो । उहाँको नाम चानयोङ सुट्ठीफोन र माताको नाम चुरी सुट्ठीफोन हो । उहाँको परिवार फिचिट भन्ने अञ्चलमा बस्दा खेरी उहाँको आमाले उहाँलाई गर्भधारण गर्नु भएकी थिइन । उहाँलाई गर्भधारण गर्दा आमाले यस प्रकारको सपना देख्नु भएको थियो । त्यस समय फिचिट अञ्चलमा ल्हुवं फअ् फेछ नामले पूजा गर्ने एक शक्तिसिद्धि बुद्ध मुर्तिले राम्रो रुप लक्षण भएको एक बालकलाई ल्याएर उहाँको आमालाई दिनु भई यस्तो भन्यो- “ यो बालक रत्न समान छ, राम्रो संग लालन-पालन गर्नु पछि भविष्यमा यसको आधार-भरोसा लिन सकिन्छ । ” र त्यस्तै अर्को एक सपनामा नदीको किनारमा एउटा बुद्ध मुर्ति भेट्यो  त्यसलाई ल्याएर सफा गर्दा मुर्तिबाट रश्मी निष्केर पूरै नगरलाई उज्जालो पारि दियो ।

आमा चुरीको त्यस प्रकारको सपनाले गर्दा घरका सबै सदस्यहरुमा धेरै खुसी छाएको थियो । विषेश गरी उहाँका बुबा चानयोङ अति नै खुसी हुनु भएको थियो । पहिलो छोरो भएको कारणले जीवनको सब सुख दिई अति उत्तम र उन्नतिको जीवन दिने विचार गर्नु भयो र उहाँको जन्म भएको दिनमा धेरै समय देखि बोलचाल बन्द भएका आफन्तहरु पनि राम्रो मन लिएर आफ्नो पहिलो भान्जालाई सुखी सुखी हेर्नको लागि आउँनु भयो । जसले गर्दा बन्द भएको सन्बन्ध राम्रो हुन गयो ।

यसरी उहाँको जन्मलाई जमीनको मलिलो माटो पानी नभएर सुख्खा परि फुटि, चर्किएर छुटिराखेको झै आफ्नाहरुमा पानी परि फुटिएको जमीनलाई जोडीए झै आफन्तहरुमा मिलाप ल्याउँने एक ठूलो निमित्त भयो ।

 युवा अवस्थाको ठूलो सपना

युवा अवस्थामा स्वतन्त्र जीवन भएता पनि उहाँको जीवन शैली राम्रो र असल थियो । मन लगाई पढ्नु हुन्थ्यो । यसै समय देखि नै हो उहाँलाई बुद्धशासनको अध्ययन गर्ने इच्छा भएको ।

उहाँ विभिन्न विषयमा खोज गरी त्यस भिन्न भिन्न विषयका ज्ञानहरु आफुमा समावेश गर्न निरन्तर रुपमा लागि राख्ने ब्यक्ति हुनु हुन्छ र फुर्सदको समयमा भिन्न भिन्न विषयका किताबहरु खोजि खोजि पढि खुसी भैरहनु हुन्थ्यो । साथमा ठाउँ ठाउँमा जानु किताबहरु हेर्दै बस्नु हुन्थ्यो । जस्तै किताबको मेलाहरु- ताम-रिम-खलअङ,  थअङ-सनाम-ल्हुवं । अरु बच्चाहरु झै दिन दिनै खेल्ने, भुम्ने नगर्ने अलग्ग स्वभावको थियो । यदि कुनै दिन ध्यान भावना सम्बन्धित कितात भेट्टायो भने त्यसलाई ल्याएर झर्को नमानि बारबार पढ्नु हुन्थ्यो । जति धेरै पढ्यो त्यति धेरै राम्रो संग बुझ्ने, जीवनको साँचो दुःखलाई देख्न सक्ने भयो । त्यस्तै संसारमा प्रख्खात पाएका मानिसहरुको जीवनी पनि बारबार पढ्नु हुन्थ्यो । यति सम्म पढ्नु हुन्थ्यो कि तिनीहरुको नाम र काम सम्म पनि कण्ठ हुन्थ्यो । यसरी आफ्नो जीवनमा उहाँ संग एक प्रश्न उत्पन्न भयो कि हामी किन जन्मिन्छौ ? हाम्रो जीवनको लक्ष्य के हो ? जुन प्रश्न उहाँ जस्तो उमेरको युवालाई सुहाउँदैन थियो । १३ वर्षको उमेरमा लेखिएको एक डाइरीमा उहाँले यसरी लेखि राख्नु भएको छ कि,

      “ यदि म भौतिक संसार तिर गए भने त्यसको उच्चतम सम्म जाने छुँ र आध्यात्मिक संसार तिर आए भने पनि त्यसको उच्चतम स्थान सम्म गई बुद्धशासनलाई पूरै विश्व भरी फैलाउँने छुँ । ”

कसले सोचेको होला ? एउटा सानो केटा को त्यो सपना साकार हुनेछ भनी किनकि, यो वर्तमान समयमा त्यो केटा  बुद्धशासनमा एक ठूलो महास्थिर भन्ते रुपमा रहेर ध्यान भावनाबाट उत्पन्न हुने आन्तरिक शान्तिको किरणलाई विश्वबरका मानिसहरुको हृदयमा विकास गर्दै हुनु हुन्छ ।

जीवनको प्रश्नको खोज

सुनव विद्यालयमा पढाई गरिरहनु भएको समयमा विभिन्न वक्ताहरुबाट धर्मको विषयमा बताइएको सुन्ने अवसर पाउँनु भएको थियो । त्यसै कारणले आफ्ना साथीहरु संग मिलि किशोर बौद्ध समूह बनाउँने उत्साह आई त्यस संगठनको निर्माण पनि गर्नु भयो । यसरी उहाँ कुनै पनि ठाउँमा चाहे त्यो वाटमहाथात जस्तो ठूलो विहारमा होस वा अन्य कतै, धर्म प्रवचन वा कथाहरुको आयोजना हुदाँ हरेक धर्मिक किर्याकलापमा किशोर जयबुलको उपस्थिति हुन्थ्यो ।

 यसरी किशोर अवस्थाबाट युवा अवस्थामा प्रवेश भएपछि धर्म प्रति भएको अति जिज्ञासा झन बढ्न थाल्यो । केही समय फुर्सद भयो भने एकान्तमा गई आफु संग भएको प्रश्नमा विचार गरी बस्थ्यो, कि “ मान्छे किन जन्मिएको होलो ? मरे पछि कहाँ जाने हो ? कर्म वा पुण्य र पाप छ र ” ? किनकि धर्म भनेको खालि बौद्ध ग्रन्थहरुबाट पढेर किताबी ज्ञान मात्र भएर पुग्दैन । त्यो त एक अन्धो मानिसले हात्ती समाते झै वा खालि पत्र पढे झै मात्र हुनेछ । अनि खालि धर्म उपदेशमा विशेषज्ञ मात्र हुनेछ, वास्तविक फाइदा के हो भन्ने मैले अभ्यास गरेको छैन भनी आफ्नो शंकामा फर्केर सोध्ने गर्थ्यो ।

प्रश्नको उत्तर फेला

अनि एक दिन उहाँले फ्रा मोङखोन थेप मुनि ( सोद चन्दसरो ) ल्हुवं फअ् वाट पाक नाम फासी चरण विहारका भन्तेको धर्म देशनामा निर्धारित “ धम्मकाय ” नामको किताब भेटाउँनु भयो । जसमा लेखिएको थियो कि “ यदि सही तरिकाले भगवान बुद्धको उपदेशलाई पच्छाउँने हो भने जान्ने र देख्ने गरी धर्मको अभ्यास गर्नु पर्छ । ”

 “ धम्मकाय ” शब्द सुन्ने वित्तिकै उहाँको मनमा चस्स पस्यो । किताबमा उहाँ  फ्रा मोङखोन थेप मुनि( सोद चन्दसरो ) भन्तेले “ धम्मकाय ” भनेको “ तथागत ” भनी भन्नु भएको छ र साथै त्रिपिटक पाली ग्रन्थमा “ धम्मकायो अहं इतिपि ” अर्थात तथागत नै धम्मकाय हो भन्ने कुरालाई पनि पुष्ट गर्नु भएको छ । अनि अन्तमा वाट पाक नाम विहारमा यसलाई बुझ्ने र देख्ने गरी अध्ययन गर्न सकिन्छ भनी  यकिन दिलाई भन्नु भएको छ । यस वाक्यले उहाँमा प्रिति सुख उत्पन्न गराउँनुको साथै आफु सही बाटो आएको हुँ भन्ने पनि यकिन भयो ।

अनि जब उहाँले “ विपश्यनाको रमाइलो ” नामक किताबमा फ्रा मोङखोन थेप मुनि ( सोद चन्दसरो ) ल्हुवं फअ् वाट पाक नाम फासी चरणका शिष्य  अनागारिका म्या छि आचान लुक चान, जो धम्मकाय ध्यान भावनामा पारंगत हुनु हुन्थ्यो । उहाँ ध्यान गुरुको बारे पढ्नु भयो । जसको कारण उहाँलाई वाट पाक नाम विहारमा गई धर्म अध्ययन गर्ने इच्छा र वीर्य जागृत भयो र यो “ वाट पाक नाम विहरा कहाँ छ ” भनी खोजि गर्न थाल्यो ।   

अक्सर उहाँ विशाल आकासलाई नियोलेर त्यो आफ्नो मनमा रहेको प्रश्नको उत्तर खोजि रहन्थ्यो । जुन कि अरु साधारण बच्चाहरु झै वर्तमानमा रमझम गरी भविष्य राम्रो बनाउँने, धन सम्पत्ति आर्जन गर्ने, असल दाम्पत्य खोज्ने भन्दा पनि  विभिन्न ग्रन्थहरु पढी, त्यस समयका विभिन्न ज्ञानी विद्धानहरु, नाम चलेका गुरुहरु कहाँ गई आफ्नो मनमा रहेको त्यो प्रश्नको उत्तर खोज्नेमा लग्थ्यो ।

गुरुको खोजमा

यसरी बु.स. २५०६, १९ वर्षको उमेरमा युनिभर्सिटिको अध्ययनको लागि प्रवेश जाँच दिनेस समयमा उहाँ वाट पाक नाम विहार गई खुन म्या आचान लुक चानलाई खोजि उहाँबाट जसरी भएनि धम्मकाय विद्या सिक्ने  निर्णय गरी विहारमा जानु भयो । र विहारमा पुगे पछि चारै तिर सबलाई “ खुन म्या आचान लुक चानलाई चिन्नु हुन्छ ” भनी सोध्न थाल्नु भयो । तर कसैलाई पनि  थाहा भएन । सबैले “ यहाँ  खुन म्या आचान लुक चान भन्ने त छैन  तर चान गुरु भन्ने चाहि छ ” भनेर भन्नु भयो । ती दुई नामको ब्यक्ति एकै जना भए पनि उहाँले नाउँ फरक पाएकोले एउटै मान्छे होइन होला भन्ठानी फर्केर युनिभर्सिटी प्रवेश जाँचमा पूर्ण मन दिएर पढ्न थाल्नु भयो र अन्तमा त्यस प्रवेश जाँचमा उत्तिर्ण भई कशेतसात युनिभर्सिटीमा अध्ययनको लागि भर्ना हुनु भयो ।

युनिभर्सिटिमा अध्ययन गर्ने क्रममा पहिलो सेमेस्टरको पढ्न सकिए पछि उहाँले फेरी खुन म्या आचान लुक चानलाई खोज्न जाने विचार गरी बु.स. २५०६ को ओक्टोवर महिनामा पहिलो सेमेस्टर अध्ययन पछि भएको बिदामा पुन वाट पाक नाम विहारमा जाने निर्णय गरी जानु भयो र त्यो बेला पनि उहाँको खुन म्या आचान लुक चानलाई भेट्नु भएन । अनि एक जनाले यदि साच्चै ध्यान सिक्न चाहनु हुन्छ भने एक जना ठूलो भन्ते हुनु हुन्छ उहाँको मा गई सिक्नु भनी सल्लाह दिनु भयो । अनि उहाँ भन्तेले पनि धम्मकाय विद्या ध्यान सिकाइ दिन्छु भनी स्वीकार गर्नु भयो । यसरी केही समयको ध्यान सिकाइ पछि त्यहाँ भएकाहरु संग सोधि हर्नु पर्यो भनी सोध्दा “ सायद चान गुरु भनेको होला ” भनी जवाफ आयो । यसरी त्यही ब्यक्तिको साहाराले अन्तमा उहाँले इच्छा गरेको अनुसार खुन म्या आचान लुक चानलाई भेट्नु भयो ।

विश्वमा शान्ति ल्याउँने बाटो बताई दिने गुरु संग भेट

खुवयाय आचान संगको पहिलो भेटमा उहाँ खुनयाय ५३ वर्षको हुनु हुन्थ्यो । बाहिरबाट हेर्दा एक साधारण अनागारिका गुरुमां जस्तो देखिन्थ्यो । पातलो दुब्लो शरीर, हाड, छालार नसा मात्रै बाँकी भएको जस्तो शरीर थियो । तर आँखामा हेर्यो भने गम्भिर र उच्च धर्म भएको , कुशल चरित्र, ब्यक्तित्व एक दम शक्तिशाली र मैत्री करणालो भरिएको देख्नु हुन्थ्यो । उहाँ खुनयाय लेख पढ गर्न नसक्ने भएतापनि धर्मको विषयमा सोध्न आउँनेहरुलाई एक दम राम्रो संग छर्लंग हुने गरी जवाफ दिनु हुन्थ्यो । जो सकैले पनि उहाँको कुरा सुन्नु हुन्थ्यो, यो भौतिक संसारले जुन हामीलाई तानी राखेको कुरा हो त्यसबाट छुट्कारा भएको जस्तो मनमा सोच उत्पन्न हुन्थ्यो । पहिलो चोटीको भेटमा उहाँलाई देख्ने बित्तिकै धम्मजयो भन्तेलाई धेरै समय देखि खोजि राखेको गुरु भेट्टाएछु भन्ने आभाष भयो । त्यसकारण पूरा विश्वासका साथै आफुलाई उहाँ खुनयायको शिष्यमा राखि गुरुवर बन्न प्रार्थना गर्नु भयो । खुनयाय आचान गुरुले पनि उहाँ भन्ते यसरी आउँनु हुन्छ भन्ने कुरा थाहा पाए झै भन्नु भयो कि “ तिमी नै हो, दोस्रो विश्व युद्धको समयमा ल्हुवं फअ् वाट पाक नाम भन्तेले मलाई तिमीलाई यो मनुष्य लोकमा जन्म हुन आउँने भन्न पठाएको ” यो कुरा उहाँ भन्तेले बुझ्नु भएन । तर साच्चै नै उहाँ भन्तेको जन्म त्यसै दोस्रो विश्व युद्धको समयमा भै भएको थियो । अनि खुनयाय आचान गुरुमांले उहाँ भन्ते संग रहेको सबै शंकाबद्ध प्रश्नहरुलाई एक दम प्रष्ट संग उत्तर दिई दिनुको साथै बुद्धको ज्ञानबाट उत्पन्न हुने जुन शान्ति छ त्यो विश्व भरमा फैलाउँने उत्साह र जाग्रुता पनि उत्पन्न गराई दिनु भयो । यसरी किशोर अवस्था देखिको जुन सपना थियो । आज अन्तमा आएर पूरा भयो ।

जीवनको लक्ष्य थाहा पाउँनु

खुनयाय आचान संगको पहिलो दिनको ध्यान अभ्यासमा नयाँ शिष्यले सोध्यो कि नर्क र स्वर्ग छ ? खुनयायले पनि राम्ररी नै  नर्क स्वर्ग छ भनी जवाफ दिनु भयो र म गएर पनि आइसके । मेरो बुबा दिनको १० पैसाको रक्सी खाने भएकोले नर्कमा जन्म भएको थियो । मैले ध्यानमा बसी धम्मकाय प्राप्त गरी बुबालाई नर्कबाट उद्दार स्वर्गमा पुर्याइ आएको छुँ । तिमी पनि जान चाहन्छौं म सिकाइ दिन्छु, अनि हामी संगै जाउँला भनी भन्नु भयो । उहाँ खुनयायको जवाफ अरुहरुको भन्दा भिन्न थियो । त्यसैले उहाँ भन्तेले त्यस प्रकारको जवाफमा उहँ खुनयाय आफै गएर हेरी बुझि आएको हुनाले नै यसरी सम्म भन्न सकेको हो भन्ने कुरा देख्नु बझ्नु भयो । नर्क स्वर्ग जाने कुरा खुनयायको लागि धेरै ठूलो कुरा होइन किनकि ल्हुवं फअ् वाट पाक नाम भन्तेको समयमा अरु भिक्षु र गुरुमांहरु संगै अति उच्च स्तरको धम्मकाय ध्यान भावना गर्न जाँदा उहाँ ल्हुवं फअ् वाट पाक नाम भन्तेले ध्यान भावना गर्नेमा सबै मध्येमा  उत्कृष्ट र धम्मकाय ध्यानमा पांरगत हुनु हुन्छ भनी भन्नु भएको थियो ।

त्यस समय खुनयाय आचान दिउँसो ६ र रातमा ६ घण्टा गरी दिनको १२ घण्टा ध्यान गर्नु हुन्थ्यो र उहाँको ध्यानमा अनुभव पनि अति नै राम्रो थियो । त्यस कारण ल्हुवं फअ् वाट पाक नाम भन्ते उच्च स्तरको ध्यान गर्ने ध्यानमा “ खुनयाय आचान जस्तो ध्यानमा पांरगत अरु छैन ” भनी प्रशंसा गर्दै भन्नु भएको थियो । उहाँ धम्मजयो भन्तेले खुनयाय आचान संग केही समय ध्यान अभ्यास गर्ने बित्तिकै आफुमा धेरै लामो समय देखि रहिआएको प्रश्न “ हामी किन जन्मिन्छौं ? जीवनको मुख्य लक्ष्य के हो ? ” कि हामी “ जन्मिनुको कारण पुण्य पारमिता गर्नको लागि हो र जीवनको मुख्य लक्ष्य निर्वाणलाई प्राप्त गर्नु हो ।” भन्ने जवाफ पाउँनु भयो ।

ध्यान भावनाको अभ्यासमा मेहेनत गर्दै साच्चैको सुख प्राप्त

तर आफुले जीवनमा लामो समय देखि खोज्दै आएको ती प्रश्नहरुको जवाफ पाउँन उहाँलाई जीवन पूर्ण समर्पण गरी धर्मको अध्ययन गर्नु पर्यो । उहँको दैनिक जीवन कार्य प्राय जसो ध्यान भावनामा मैं बित्थ्यो । हरेक दिन बिहान करिब ६ बजे कशेतसात युनिभर्सिटिबाट वाट पाक नामको लागि निस्कनु हुन्थ्यो । त्यो समयमा लोकल बस २ वाट चढे पछि बिहान करिब ८ बजे तिर उहाँ विहारमा पुग्नु हुन्थ्यो । बसमा आउँदा खेरी पनि चाहे बसेको होस् वा उभिएको होस्, सधै ध्यान बसी रहन्थ्यो । यसरी विहारमा पुग्ने बित्तिकै सिधै खुनयाय कहाँ गई ध्यान बसि हाल्थ्यो । यसरी उहाँ भन्ते रातिको ८ बजे सम्मको ध्यान अभ्यास सकिसके पछि फर्केर युनिभर्सिटि पुग्दा रातिको १० बज्थ्यो ।

यति मात्र नभई आफ्ना सबै साथिहरु सुति रहेको बेला रातिको ३ बजे उहाँ भन्ते उठेर ध्यान गर्नु हुन्थ्यो । किनकि त्यो समय एक दम शान्त र साथिहरुले पनि नदेख्ने थियो । तर पनि कोही कोही राति उठेर चर्पी जान आउँदा उहाँलाई ध्यानमा बस्नु भएको देख्थ्यो । यसरी ओड्ने लिएर रातिको समयमा एल्लै बसी रहेको देख्दा त कोही कोही डराउँथ्यो पनि तर पछि उहाँ ध्यान बसेको कुरा थाहा पाएपछि साथि भाईहरुले पनि कुनै प्रकारको बाधा गरेनन् । यसरी आफ्नो नजिकको साथिहरुमा ध्यान बस्ने संग परिचित हुने सुरु भए पछि उहाँले तिनीहरुलाई पनि संगै लिई खुनयाय संग ध्यान अभ्यास गराउँन लग्यो । पछि आएर आफु भन्दा माथि र तलका विद्यार्थीहरु पनि उहाँ सं-संगै ध्यान भावना अभ्यासको लागि आउँन थाल्यो । यसरी ध्यान भावनामा अति नै मेहेनत गरी समय दिएता पनि उता पढाइमा पनि राम्रो संगै हरेक सेमेस्टरमा पास हुन्थ्यो । ज्ञानी विद्धानहरुलाई थाहा हुने गर्थ्यो कि राम्रो परिपूर्ण जीवन पाउँनको लागि भौतिक र आध्यात्मिक दुबै तिरको ज्ञान चाहिन्छ भनी । जीवन निर्भाह गर्न भौतिक शिक्षाको अति आवश्यकता छ अनि आध्यात्मिक शिक्षाले चित्तलाई सफा र शुद्ध पारि दिन्छ । विशेष गरी उहाँको मनमा लागेको मान्छे मरे पछि कहाँ जान्छ ? के स्वर्ग र नर्क छ र ? कसरी पुष्टि गर्ने, यस्ता कुराहरु बुद्धको शिक्षामा बाहेर ती भौतिक शिक्षामा सिकाइदैन । यस कारणले गर्दा उहाँ बाहिरको भौतिक पढाइको मा भन्दा यता ध्यान धर्म सिक्ने भावनाको अभ्यासमा धेरै धल्कियो । यहाँ सम्म कि बिहान जाँच भए दिउँसो समय निकाली ध्यान अभ्यासको लागि वाट पाक नाम विहार जानु हुन्थ्यो । यो प्रक्रिया यस्तै रुपमा उहाँ भन्ते पढाई सकिने समय सम्म अटुट रुपमा चल्यो ।  ……..

( चीवर )  काषायवस्त्रमा प्रवेश 

जब जीवनको यथार्थ सत्य र साँचो सुख आफ्नो अगाड़ी आइसके पछि उहाँ भन्तेलाई थाहा भयो कि बुद्धको शिक्षा नै साँचो शिक्षा हो जुन हरेक मानिसले अध्ययन गर्नु पर्छ । त्यसकारण उहाँले बुद्धशासन प्रति सारा जीवन समर्पित गर्ने सोच राखि भन्ते हुने कुरा गर्नु भयो । तर खुनयाय आचानले अस्वीकार गर्नु भयो र पहिले बाहिर युनिभर्सिटिको पढाई सकाउँनु भनी भन्नु भयो र अति राम्रो कारण पनि बताउँनु भयो कि, “ बाहिरी शिक्षाबाट पनि ज्ञानी, पण्डित हुनु र धर्ममा पनि पारंगत हुनु । किनकि बुद्धशासनलाई हामीले पनि साहारा दिन सकोस् नाकि बुद्धशासनलाई मात्र आफ्नो साहारा बनाइ राख्ने ” । यसरी बु.स. २५११ मा खुनयाय आचानको जन्मदिनमा उहाँ भन्तेले आफ्नो पूरा जीवन बुद्धशासनमा अर्पण गरी अब्रम्हचरीय जीवन बिताउँने वचन दिनु भयो । जुन उहाँ खुनयाय आचानको लागि एक अति नै ठूलो जन्मदिनको कोसेली हुन गयो । त्यसरी नै बु.स. २५१२ धम्मजयो भन्तेले कशेतसात युनिभर्सिटिबाट अर्थ शास्त्र र बिजनेस म्यानेजमेन्टमा स्नातक तह उत्तिर्ण गर्नु भयो । यसरी स्नातकको पढाई सकिने बित्तिकै आफ्नो बुबाको मा गएर प्रव्रजित हुनको लागि अनुमति लिन जानु भयो । उहाँको बुबाले पनि स्नातक पास भई सकेपछि मात्र प्रव्रजित हुन्छु भनिएको कुराले गर्दा अब छोरो स्नातक तह पास भैसकेको भएको हुनाले प्रव्रजित हुने अनुमति दिनु भयो र उहाँको आमाले पनि छोरो बुद्धशासनको आयु बढाउँन प्रव्रजित हुने अनुमति लिन आउँनु भएको कुरोमा अति नै हर्षित भई मनै देखि खुसी भएर अनुमोदना गर्दै अनुमति दिनु भयो ।

बु.स. २५१२ अगस्त २७ तारिकको त्यो दिन महामंगलको दिन थियो । त्यो दिन नै उहाँको प्रव्रजित भई (चीवर) काषायवस्त्रमा प्रवेश गर्ने कामना पूरा भएको दिन थियो । उहाँ वाट पाक नाम फासी चरण विहारको सिमागृहमा श्रद्धेय फ्रा थेप वरवेथी ( सोम देच फ्रा राजमंगलाचान अतीत विहार प्रमुख ) भन्तेको उपज्झायत्वमा भिक्षु उपस्पदा प्राप्त गरी “ धम्मजयो ” अर्थात धर्मबाट विजय हुने भन्ने अर्थ सहितको नामले भिक्षु हुनु भयो । प्रव्रजित भई सेक पछि उहाँले यसरी आफ्नो उद्दगार ब्यक्त गर्नु भएको छ ……..

“प्रव्रजित भिक्षु हुनु भनेको सजिलो कुरा होइन, खालि चीवर वस्त्र लगाएर भिक्षु हुने होइन । त्यसको लागि भिक्षुसंघका अनुकार किर्याकलाप गर्नु पर्छ । पूर्ण धर्म विनय अनुसार २२७ वटा नियम पालन गर्नु पर्छ । प्रव्रजित भएर कुशल कर्म प्राप्त गर्ने हो भने बुद्धशासन आफुमा निर्भर हुन सक्ने गरी काम गर्नु पर्छ ना कि हामी मात्र बुद्धशासनना निर्भर भै राख्ने।”

यस प्रकारको विचारधारा उत्पन्न गर्न त्यति सजिलो छैन । मात्र धर्मको अध्ययन र अभ्यासको साहाराले यस्तो कुरा पूरा हुन् सक्छ । यस्तै अध्ययन र अभ्यासबाट नै बुद्धधर्म कतिको महत्त्व छ भन्ने कुरा आफु स्वयमले थाहा पाउँन सकिन्छ । यो बुद्धधर्मको आनिशंस महिमा अति नै गम्भिर र ठूलो छ । त्यस कारण नै उहाँले मनै देखि आफ्नो सारा जीवन बुद्धशासनको लागि समर्पित गरी जीवनको अन्त सम्म नै यो चीवर वस्त्रमा बस्ने छु भनी भन्नु भएको थियो । त्यसैले उहाँ प्रव्रजित हुनु नै बुद्धशासनलाई अति विस्तार रुपमा पर-पर सम्म गरी संसार भरी फैलाउँन आफ्नो जीवन शासनमा अर्पण गर्नु भएको हो  र उहाँको त्यो प्रव्रजितले त्यस्तै नै रुप लिएको छ । आज सम्म उहाँको पछि पछि लागेर धेरै संङ्ख्यामा समूह समूहहरु यो चीवर वस्त्रमा प्रवेश भएका छन् ।

खुल्ला बाँजो जमीनलाई पुण्य स्थानमा परिवर्तन

धम्मजयो भन्तेको नयाँ प्रव्रजित जीवन, उहाँ एक धर्म विनयमा अति नै कट्टर रुपमा शीलाचरण गर्ने भिक्षु हुनु हुन्छ । उहाँ खालि धर्मको अध्ययन र अभ्यास गर्नेमा मात्र केन्द्रित रहनु हुन्छ । साथमा खुनयाय आचान संग ध्यान सिक्न आउँनेहरुलाई ध्यान सिकाउँने गरी बस्थ्यो । वाट पाक नाम विहारमा रहेको त्यो बान धम्मप्रसिद भवनमा ध्यान सिक्न आउँनेहरु प्राय भरी भराउ भै राख्थ्यो । विशेष गरी आइतवारको दिन त भवन भित्र पूरै भरिएर बाहिर सम्म बस्नु पर्ने गरी मान्छे आउने गर्थ्यो । त्यस कारण उहाँको एक टिमले अब नयाँ विहार बनाउँनु पर्ने आवश्यकताको महशुस गर्यो । त्यो बेला उहाँ भन्ते संग राम्रो शिक्षा भएका, विभिन्न क्षेत्रमा क्षमता भएका र उहाँ कै हातबाट नजिकै बसेर गुणधर्मको राम्रो संग अभ्यास गरेका युवाहरुको एक समूह थियो । यसरी सबै जना तयार भै सके पछि बु.स. २५१३ फेब्रुवरी २३, माघ पूर्णिमाको दिन लगभग ११२०० रुपैयाको बजेतमा, लगभग ६०० चानचुन रोपनीको जग्गा जुन खुन यिङ प्रयाद फ्यादफोङ सुत्था थिबदी भन्ने महिलाले दान गरेको जग्गामा विहार बनाउँने काम सुरु गरियो । विहार सुरु गर्ने त्यो समूह धेरै ठूलो संघर्ष र आफ्नो जीवनलाई अति नै सरल बनाएका थिए । भोजनमा खुर्सानी र भात अनि त्यो बाँजो खेतको वरपर उम्रेका खान मिल्ने साग सब्जी नै मुख्य भोजन हुन्थ्यो । यसरी चाहे त्यो बेला के कसरी विहार निर्वाण पूरा हुन्छ भन्ने कुरा नदेखे वा सोच्न नसेके पनि, सुरु गरेको  त्यो  काम पक्कै सफल हुनेछ भनी सबै  संग एक उत्साह र मनोबल थियो । त्यो बेलाको मुख्य समस्या भनेको नै आर्थिक संकलन गर्नु थियो । यस सम्बन्धि ल्हुवं फअ् धम्मजयो सधै उपदेश दिनु हुन्छ कि, “ जति पनि श्रद्धालुजनहरुले दान गरेको रकम वा चीज वस्तुहरु छन् ती सबै उहाँ दाताहरुले आफ्नो शीरमा राखि ढोगी बुद्धशासनको लागि दान गरेकाहरु हुन् । त्यसैले ती रकमहरुको अति राम्रो प्रयोग हुनुको साथै राम्रो संग सुरक्षा गर्न सहयोग गर्नु पर्छ ।”

यसै कारणलो वाट फ्रा धम्मकाय विहारमा बनाइएकाहरु सस्तो,राम्रो,बलियो र भरपर्दो रहेका छन् । पछि हेरविचार गर्न गाह्रो नहुने, तर प्रणित सुन्दर देखिने जसले बुद्धशासनलाई आदर गौरव गरेको हुने भएको छ । जस्तै सिमागृह एक दम प्रणितका साथ हरेक एक कुरालाई अति नै राम्रो संग छानी राम्रो, कम लगानी तर अति उच्च प्रयोगमा आउँने गरी बनाइएको छ ।

यसरी त्यो सिमागृह बनाउँनको लागि चाहिने बालुवा, कंकडलाई पनि खालि ल्याएर मिसाएर सिमेन्ट संग घोल्ने मात्र नभई कंकड पनि ल्याइ सके पछि त्यसलाई पखालेर राम्रो कंकड मात्र छान्ने हुन्थ्यो । बालुवा पनि पहिले नै ल्याउँने ठाउँमा गएर उच्च गुणस्तरको बालुवा अडर दिएर आउँने र ल्याई सके पछि पनि पुन एक चोटी जाँच गरि मात्र सिमेन्ट संग मिसाउँने गर्थ्यो ।

त्यति मात्र नभई सिमागृहको चारै तिर रहेको भित्ताहरुमा राखिएको  सानो – सानो, सेतो चिप्सहरु पनि एक-एक गरी छानेर राखिएको छ । ती चारै तिर राख्ने त्यो चिप्स किनेर ल्याउँदा सबै सेतो वाला थिएन, तर त्यहाँ राख्ने भनिएको सबै सेतो वाला चाहिएको थियो । अनि ती साना-साना धुलो समानको चिप्सहरुलाई पनि एक-एक गरी छानेर सेतो मात्र लिई त्यसलाई टल्किने गरी सफाका साथ सिमागृहको बाहिर पट्टिको चारै भित्तामा राखिएको छ । त्यसको लागि विहारमा आउँने श्रद्धावानहरुले आफ्नो पूर्ण श्रद्धाका साथ त्यो सेतो सानो चिप्स छान्ने काममा सहयोग गर्नु सएको छ ।

 

श्रद्धालुजनहरुको श्रद्धाबलले शान्ति फैलियो ।

वाट फ्रा धम्मकाय विस्तारै बढ्दै सुरुको क्षेत्रफल करिब ६०० चानचुन रोपनीबाट करिब ८,७५० चानचुन रोपनी भई फैलिनुको कारण नै विहारमा आउँने श्रद्धावानहरुलो सङ्ख्या बढी हुदै आएकोले हो । एकले अर्कोलाई मुखै मुखबाट निमन्त्रणा गरी विहारमा आइ यस विशाल ठाउँलाई एक असल पुण्य क्षेत्र बनाइएको छ ।

सुरुमा ५०० जना बस्न मिल्ने धम्महल बनाइयो र ५ वर्ष भित्रमा त्यो मान्छेहरु आउँने क्रम बढेकोले वाट पाक नाम विहारमा रहेको बान धम्म प्रसिदको अवस्था झै  मान्छेहरुलाई बस्ने ठाउँ नपुगेन बाहिर घाँस र अन्य ठाउँमा गई बस्नु पर्ने भयो । त्यस कारण अर्को ठाउँमा दश हजार अत्ने हल बनाउँनि पर्ने भयो । पछि आएर त्यो पछि त्यही सानो भै गएको अवस्था हुन गयो ।

यसरी बु.स. २५३९ साल तिर करिब ५,००,००० इस्क्वार मिटरमा फैलिएको जग्गामा ३,००,००० सम्म मान्छे बस्ने मिल्ने धम्मकाय सभा नामको ठूलो हल बनाइयो । हल बनाउँने काम नसकि नै मान्छेहरु भरी भराउ हुने गरी आँउन थालेकोले पूरा रुपमा फिनिसिङ नभइकनै काम चलाउँनु पर्ने अवस्था आयो ।

यस्तै गरी विहारमा आउँने मान्छेहरुको क्रम बढ्दो नै भई रहेको कारणले उहाँ धम्मजयो भन्तेलाई पछि आउँनेहरुको लागि बस्न पाउँने गरी स्थान बनाउँनु पर्ने अवस्थाले गर्दा उहाँले १००० वर्ष भन्दा बढी टिक्ने महाधम्मकाय चैत्य र चैत्यको वरपर चारै तिर महापतनविहान खोत नामको भवन बनाउँनु भयो । जहाँ एकै साथ अकै पटक १० लाख मानिसहरु बसेर धर्मको अभ्यास गर्न सकिन्छ ।

जब १० लाख जना मानिसहरु एकै ठाउँमा बसी धर्मको अभ्यास गर्छ त उहाँहरुको मनको शुद्धताको कारणले संसारलाई सुख शान्तिको   वातावरण दिन सक्ने हुन्छ र यो कार्यको फोटो संसार भर विभिन्न माध्यमबाट प्रचार भएको खण्डमा मानिसहरुको जिज्ञासा बढ्छ कि के हो कारण रहेछ यति विशाल रुपमा मान्छेहरु भेला भई एकै साथ शान्त र सुन्दर तरिकाले धर्म अभ्यास गरी बसेको ? जसले गर्दा संसार भरीका मानिसहरुमा धर्म प्रति चासो बढी धर्म सक्ने उत्साह उत्पन्न हुनेछ ।

शिष्यहरुको मनलाई गुरुहरुको ज्ञानमा बसाइ राख्न र गुरुहरु प्रति कृतज्ञ होस भन्नको लागि महाविहान-फ्रा-मोङखोन-थेपमुनी भवन, त्यस्तै महाविहान-खुनयाय-आचान-उपासिका-चानखोन-नोकयुङ भवनको साथै सम्पूर्ण भिक्षु श्रामणेरहरुलाई भोजन खुनाउँने भन्छा धर जसमा हजारौं संख्यामा भिक्षुहरु भोजन गर्न सकिन्छ। यी महापूजनाय स्थानहरुको निर्वाण पनि गर्नु भयो ।

 आफ्नो गुरु प्रति उच्च कृतज्ञता ब्यक्त

वाट फ्रा धम्मकायको हर एक सफलता चाहे त्यो शासन स्थान वा भवन निर्माण होस । या शासनदायाद ( जनशक्ति ) वा बुद्ध धर्म प्रचार-प्रसार होस । यी सब सफलताको पछाडी खुनयाय आचानको ठूलो भुमिका रहेको छ । उहाँले आफ्ना शिष्यहरुलाई धर्मको प्रकार संगै हरेक क्षेत्रमा आरक्षा दिनुको साथै आफ्नो जीवनको अन्त सम्म सबैलाई कुशल कर्म गर्न प्रेरणाको श्रोत भई जानु भएको छ ।

उहाँ खुनयाय आचानको योगदान र गुणधर्म अपरिमाण रुपमा रहेको छ । त्यसैले श्रद्धेय धम्मजयो भन्तेसे उहाँ खुनयाय आचानलाई सब भन्दा उच्च स्थानको रुपमा “ वाट फ्रा धम्मकाय विहारका स्थापिका ” भनी सम्मान गर्नु भएको छ ।

बु.स. २५४३ सेप्टेमवर १०, आइतवारको दिन उहाँ खुनयाय आचान दिवंगत हुनु भयो । गुरु प्रति आफुमा भएको कृतज्ञ गुणको कारणले उहाँ धम्मजयो भन्तेले श्रामणेर भिक्षु उपासक-उपासिकाहरुको साथै स्वदेश र विदेशका  सबै शिष्यहरुलाई मिलाई कृतज्ञ गुण ब्यक्त गर्न भब्यका साथ सबै विधिहरु पूरा गरी सारा संसारलाई उहाँ खुनयाय आचानको शील गुणधर्म ब्याख्या गर्न एक वर्ष समय लगाई सबै काम कुरोहरु मिलाई बु.स. २५४५ फेब्रुवरी ३ को दिनमा उहाँको दाह सस्कार गर्नु भयो ।

वाट फ्रा धम्मकाय विहारमा भएको यो दाह सस्कार विधि अति नै भब्य थियो । यस विधिमा देश भरीका स्थविर र महास्थविर भन्तेहरु जो करिब ३०,००० भन्दा बढी विहारका प्रमुख भन्तेहरु हुनु हुन्थ्यो र साथमा आउँने भन्तेहरु गरी करिब एक लाख भन्दा नि बढी भन्तेहरुको विशाल उपस्थिति रहेको थियो । यति मात्र नभई विदेशबाट पनि धेरै संख्यामा भन्तेहरु आउँनु भई त्यस दाह सस्कारमा सहभागी हुनु बएको थियो । यस्तो विशाल रुपको दाह सस्कार अहिले सम्मको संघंमण्डलमा कहिले भएको थिएन ।

त्यो दिन एक अति नै प्रसिद्धको दिन थियो । उहाँका शिष्यहरुले एक लाखको संख्यामा महासंघको दर्शन गरी उहाँहरुमा महासंघदान गर्ने सुवर्ण अवसर पनि प्राप्त गर्नु भएको थियो । त्यो दिन अति लाभ युक्त दिन पनि थियो । किनकि एख लाख भन्दा पनि बढीको संख्यामा भन्तेहरु संग पुण्य गर्ने अवसर पनि प्राप्त भएको, र त्यति धेरै संख्याको भिक्षुसंघबाट पवित्र परित्राण पाठ पनि श्रवण गर्न पाएको एक महान दिन थियो ।

उहाँ खुनयाय आचानको निधन पछि पनि उहाँ खुनयाय आचानले ल्हुवं पू वाट पाक नाम भन्तेबाट सिकि ल्याएको धम्मकाय ज्ञानलाई विश्व भरी प्रचार प्रसार गर्न धम्मजयो भन्तेले निरन्तर रुपमा अति धेरै मेहेनतको साथ पहिलेको भन्दा बढी मात्रामा काम गर्दै आई राख्नु भैरहेको छ ।

हरेक स्थान… हरेक चीजहरु जुन धम्मजयो भन्तेले निर्माण गर्नु भएको छ, त्यसको एउटै मात्र उद्देश्य हो कि संसारका सबै प्राणीहरुमा शान्ति आउँदै विश्व भर मै शान्ति छाओस् ।

विश्व शान्तिका लागि जीवन अर्पण

धम्मजयो भन्तेले संसारका सबै मानिसहरुले साचो सुख शान्तिको कामना वा लक्ष्य बनाउँछ भन्ने कुरा थाहा पाएको दिन देखि नै उहाँ र उहाँको टिम मिलि असल कुशल काम गर्ने केन्द्रको रुपमा वाट फ्रा धम्मकाय विहार बनाउँनु भयो ।

मानिसमा आन्तरिक शान्तिले विश्वमा शान्ति ल्याउँछ भन्ने सिद्धान्तलाई नछोडिकन उहाँले लोस समाजलाई सकारात्मक लाभको लागि धेरै वर्ष सम्म आफ्नो जीवन अर्पण गर्दै आउँनु भएको छ । फल स्वरुप देश र विदेशका विभिन्न सं-संस्था, भिन्न भिन्न शासन धर्मावलम्बीहरु, जात जातीहरु संग “ ध्यान भावनाबाट आन्तरिक शान्ति आई विश्वमा शान्ति उत्पन्न हुनेछ  ” भन्ने कुराले राम्रो सम्बन्ध गास्नु भएको छ । फल स्वरुप  मानिसहरुको दृष्टिमा विश्वमा शान्ति आउँन सक्ने भन्ने भाव उत्पन्न भयो । यति मात्र नभई उहाँले विभिन्न देशहरुमा बुद्धशासन उन्नति प्रगति गर्ने काममा पनि पूरा समर्थन दिई सहयोग गर्नुको साथै कहि कतै दुःख कष्ट र प्राकृतिक भय अन्तराय आउँदा खेरी पनि सबै ठाउँमा गई पिडितहरुलाई सहयोग गर्नु गर्दै आइराख्नु भएको छ ।

यसरी बु.स. २५५९ अप्रिल २२ तारिक उहाँको ७२ औं जन्मदिनमा जुन दिन पृथ्वी दिवस पनि पर्दछ । त्यो दिन उहाँले शासनिक, सामाजिक र अरु विभिन्न क्षेत्रमा गर्नु भएको अतुलनीय योगदानलाई कदर गर्दै, उहाँ एक वीर्यवान, करुणाचित्तले युक्त, जस्तो भन्यो त्यस्तै गरी देखाउँने सत्यवादी हो भनी स्वदेश र विदेश गरी जम्म ४० देशहरुबाट ९७ वटा संस्थाहरुले उहाँको कुशल कार्य र जन्मदिनमा मुदिता ब्यक्त गरी उहाँलाई विभिन्न प्रकारबाट अभिवादन र सम्मा गरिएको थियो ।

त्यस सम्मान र अभिनन्दन कार्यक्रमा देशका अति उच्च स्थानका महत्त्व पूर्ण ब्यक्तिहरु थिए । सरकार स्तरका प्रतिनिधिहरु, अन्तराष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरु र विश्वव्यापी रुपमा मान्यता प्राप्त गरेका मिडियाको पनि उपस्थिति थियो । जस्तै संघ परिषदका सदस्यहरु, सरकारी मान्यजनहरु, राष्ट्रिय सभाका सदस्य, विभिन्न मन्त्रालय विभागहरु, राजनीतिक दल, आमसञ्चार माध्यम, शैक्षिक संस्थाहरु र आदि । यति मात्र नभई अरु धर्मावलम्बीहरु चर्चबाट अरु थुप्रै विदेशीहरुको भेला थियो ।

यसबाट यो देख्न सकिन्छ कि एक ठूलो हृदय भएको व्यक्ति जब कुनै काम दृढ संकल्पका साथ आफ्नो लक्ष्यमा समर्पण भई जाँदा बिचमा आएका साना-ठूला बाधाहरुबाट पनि निरुत्साहित नभई हार नमानि गरेको काममा पुरुस्कार र स्याबासी होइन नि उहाँले गर्दै रहनु भएको त्यो कुशल काममा हौसला दिई उहाँको वास्तविक लक्ष्य सम्म प्राप्त होस भन्ने कामना हो ।