पृथ्वी दिवस

CLEANSE THE WORLD, CLEANSE THE MIND WITH MEDITATION

विश्व शान्तिको उद्देश्यका साथ ZOOM APPLICATION मा संसार भरका

मानिसहरु एक साथ ध्यान भावना र दिप प्रज्जवलन

22 अप्रिल 2022

आजको यो वर्तमान समयमा दुषित वातावरणको समस्या तिव्र रुपमा बृद्धि भैरहेको छ । पानी प्रदुषण, हावा प्रदुषण, वन जंगल फँडानी गर्ने जसबाट बाँधी, पहिरो वा जलप्रलय आदि जस्तो आपत्तिहरु भै रहेको छ । यस बाहेक वातावरणमा हरियो पन ल्याउँन नसकेर वायुमण्डलमा ओजोन साम्रगी कम भएको र तेल उर्जाको कमी भएको समस्याको सामना गर्नु परि रहेको छ ।

पृथ्वी दिवस ( Earth Day )

पृथ्वी दिवस संसारभरिका प्रकृति र वातावरणलाई संरक्षण गर्न याद दिलाउँने धेरै महत्त्वपूर्ण दिन हो । पृथ्वी दिवस हरेक वर्षको अप्रिल २२ तारिकमा मनाइन्छ । सन् १९७० अप्रिल २२ तारिकको दिन पहिलो पटक पृथ्वी दिवसको उत्सव सुरु गरिएको थियो । त्यो दिन संसारभरका मानिसहरुले प्रकृतिले मानवजातिलाई दिएको अनमोल उपहारलाई सम्झि प्रकृति र वातावरण कतिको महत्त्वपूर्ण छ भन्ने कुरामा पुनविचार गरी त्यसलाई कसरी जोगाउँने भन्ने कुरामा ध्यानाक्रषण गर्छ ।

गत वर्ष सन् २०२० को सरुवात संगै विश्वमा कोरोना कोभिड-१९ रोग फैलिएर करीव करोडौं मान्छे कोरोना भ्याइरसबाट संक्रमित भई लाखौंको सङ्ख्यामा मरेका छन् । कोभिड महामारी रोगले मानिसहरुमा हाम्रो जीवनमा कुनै पनि कुरा निष्चित छैन भन्नेलाई राम्रो संग सम्झना दिलाइएको छ । साथै लोकले भोगेको विशाल क्षेतिलाई तत्काल कसरी सल्झाउँने भन्ने ठूलो चुनौति पनि भोग गरेको छ ।

यस बाहेक, संयुक्त राष्ट्रसंघका महासचिप एन्टोनियो गुटरेसले कोभिड-१९ ले सामाजिक र आर्थिक पक्षमा पारेको प्रभावबारे प्रतिक्रिया ब्यक्त गर्दै भनेका छन् कि “ यदि हामीले जलवायु परिवर्तन सम्बन्धि दिगो विकासका लक्ष्यहरु र पेरिस सम्झौतामा अगाडी बढेको भए हामी अझ बढी चुनौतीको सामना गर्न सक्दछौं । ”

विश्व दिवसको दिन प्राकृतिक वातावरण सम्बन्धि सरोकार राखि स्कूल र सार्वजनिक पार्कहरु वा अन्य विभिन्न ठाउँहरुमा गरीने हजारौं वातावरणीय गतिविधिहरुलाई थुप्रै गैर-सरकारी संस्थाहरुले अवलोकन र अनुगमन गर्ने गरेको छ । विश्वभरका प्रत्येक देशहरुमा पृथ्वी दिवसका दिन मानिस प्रकतिमा निर्भर रहेको कुरा र प्रकृतिलाई जोगाउँनु पर्छ भन्ने विभिन्न चेतना मुलक गतिविधिहरुको आयोजना गर्ने गर्दछ । साथै सबै देशका नागरिकहरुले प्रकृतिमा रहेका स्रोतहरुको साझा उपभोग गर्ने कुरालाई याद गराई, सामुहिक रुपमा पृथ्वीको रक्षा गर्नु पर्ने हाम्रो जिम्मेवारी भएको कुरा पनि बुझाउँद छ । त्यसैकारण यो दिनमा प्रकृतिमा नराम्रो असर पार्ने कामहरुमा समीक्षा गरी समाधान गर्ने र हातेमालो गर्दै संसारलाई वचाउँने गतिविधिहरुको सिर्जना गर्ने अति उपयुक्त अवसर हो ।   

प्रकृतिमा परिवर्तन ल्याउँने कुरा

 प्रकृति वा वातावरणमा हुने परिवर्तनमा प्रकृति आफ्नै कारण र मानिसहरुको गतिविधि ती दुई कारणले हुन्छ ।
  • प्राकृतिक घटनाहरु जस्तै आँधी-बेरी, बाढी-पहिरो, सुनामि र जंगलमा आगो लाग्ने यी सबै प्रकृतिको आफ्नै हिस्सा हो । यी कारणहरुले नै पृथ्वीलाई आकार दिएको हुन्छ । हामी बाँचि रहेको पृथ्वी पनि प्रकृतिका धटनाहरुले दिएको फल हो । यस्ता घटनाहरुलाई हामीबाट नियन्त्रण गर्न गाह्रो र असम्भव हुन्छ ।
  • मानिसका गतिविधिहरु जस्तै वन फँडानी, आणविकको प्रयोगबाट पानी र हावा प्रदुषित हुने, प्राकृतिक स्रोतहरुलाई बेकार रुपमा प्रयोग गर्ने कामहरु सबै नै विश्व भरका वातावरणलाई बिगार्ने कारणहरु हुन् । र यसलाई नियन्त्रण गर्न सकिन्छ ।

 विश्व भरमा प्रकृतिबाट वातावरणमा आएका जति पनि समस्याहरु छन् । ती समस्याहरुलाई  राम्ररी गम्भिर रुपमा विचार गरी हेर्दा सब हामी मानिसको चरित्रले गर्दा नै भएको देखिन्छ । मानिसहरु नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ती सब  समस्याहरुको मुख्य कारण भनि देख्न सकिन्छ । त्यस कारण मानिसहरुले गर्ने विभिन्न गतिविधिहरु जसले विश्वलाई नराम्रो असर पार्छ, त्यसलाई बदल्नु पर्छ । अनि त्यस्ता नराम्रो असर गर्ने गतिविधि उत्पन्न भएको कारण चाही मानिसमा भएको निजी स्वार्थले गर्दा हो । र निजी स्वार्थ कहाँबाट उत्पन्न भएको हो त भनी हेर्दा मानिसहरुमा स्वार्थ उत्पन्न हुनु अगि, नराम्रो विचार वा नराम्रो दृष्टिकोण पहिले उत्पन्न हुने रहेछ ।

मानिसहरुको राम्रो र नराम्रो दृष्टिकोणले विश्वमा असर गरेको हुन्छ
 

कुनै एक जना ब्यक्ति जो संग नराम्रो दृष्टिकोण रहेको छ भने उसले वातावरण चाहे जस्तो सुकै होस् खाली आफ्नो सजिलोपन र  आफ्नो स्वार्थ मात्र हेर्ने हुन्छ । जसको कारणले सबै सजीव र निर्जीवहरुमा नम्रारो असर पार्ने हुन्छ । कसै एक जनाको सजिलोपन हुने बानीले सारा वातावरण र मानिसहरुमा धक्का परेको हुन्छ । त्यस माथि अझ उसको वरपर रहेका अरु मानिसहरुको दृष्टिकोण पनि त्यस्तै सजिलोपन वा अल्छी भएको भयो भने नराम्रो असरहरु अझ तिव्र रुपमा धेरै चाँडै फैलिने हुन्छ । र रोक्नलाई गाह्रो हुने हुन्छ ।

मन सधै अशुद्ध भै दुखी भै राख्ने मानिसबाट नराम्रो दृष्टिकोण उत्पन्न हुने हुन्छ । जसले गर्दा उसको बोलि-चालि र अन्य क्रियाकलापहरुबाट वरिपरिका मानिसहरुमा नराम्रो असर पार्ने हुन्छ । उदाहरणको लागि फोहोर फाल्ने कुरालाई नै लिदा, यदि फोहोर फाल्दा राम्रो ब्यवस्थित रुपले फालेन भने त्यो नदी वा समुद्रमा पुगि दुषित पारी दिने हुन्छ । जसबाट पशु पन्छी र मानिसहरुलाई असर गर्ने हुन्छ । यी कुरा उसलाई थाहा भएता पनि गर्ने हुन्छ । किनकि उसमा आफुलाई मात्र सजिलो हुने गरी काम गर्ने बानी र नराम्रो दृष्टिकोण भएको कारण पछि आउँने समस्याबारे विचार गर्दैन ।

त्यस्तै अर्को पक्षमा शुद्ध मन भई सधै खुसी भै बस्नेले अरुलाई दुःख पिडा हुने काम गर्दैन । उसको क्रियाकलाप, सोचाई र बोलि सबै राम्रो हुने हुन्छ । आफ्नो बोलि वचन र चाल-चलनले प्रकृति र वरपरका मानिसहरुलाई दुःख कष्ट नदिने वा नबिगार्ने हुन्छ ।

यसरी मन शुद्ध भएकोलाई, हामी पोखरीको पानी सफा भएको सरह मान्न सक्छौं । जसले गर्दा माछाहरु राम्ररी देख्न सकिन्छ । मन शुद्ध भएको मानिसले पनि हरेक कुरालाई राम्ररी छान्न सक्ने हुन्छ । जब कुनै समस्या देखा पर्छ, तब त्यसको मुल कारण के हो त्यो राम्ररी पत्ता लगाउँन सकिन्छ र जरै देखि त्यसको समाधान पनि गर्न सक्ने हुन्छ । चाहे त्यो समस्या समाजिक स्तरको होस् वा देश वा विश्वको स्तर कै किन नहोस् । अन्तमा सबैलाई विस्तार पूर्वक समाधान गर्न सक्ने हुन्छ ।

राम्रो दृष्टिकोणको धारणा बसाल्न मन शुद्ध गर्ने अभ्यास गर्नु पर्छ ।

ध्यान भावनाको माध्यमबाट नै विश्वलाई रक्षा गर्न सक्ने राम्रो दृष्टिकोणको श्रृजना गर्न सकिन्छ । दैनिक रुपमा ध्यान भावनाको अभ्यास गर्नु भनेको नै मनलाई सदा शुद्ध राख्नु हो । यसलाई सजिलै अभ्यास गर्न सकिन्छ । आँखा बन्द गरी ध्यान बस्ने अवस्थामा आफु संग सम्बन्धित सम्पूर्ण विषय वस्तुहरुको बारे सोच्न छोडी दिने, आफुमा कुनै प्रकारको विचारहरु नभएको  एक दम खाली- खाली भएको अनुभव गर्ने, त्यस पछि  लामो शास तानेर त्यो शास कहाँ गई अन्त हुन्छ । त्यो ठाउँलाई ध्यान दियो भने, त्यहाँ हामीले आरामको अनुभव गर्न सकिन्छ । र त्यही ठाउँ नै  आफ्नो मनलाई देख्ने सुरुको बाटो हो । यसलाई हाम्रो शरीरको केन्द्र भनिन्छ जुन कि हरेक मानिसमा रहेको हुन्छ । त्यस पछि त्यही केन्द्रमा मध्यान्तरमा चम्किएको सूर्य झै वा पूर्णिमाको दिनमा उज्यालो भएको चन्द्रमा झै वा अति चम्किलो तारा झै सफा र उज्यालो गोलो एक निमित्त हाम्रो त्यो केन्द्र वा पेटको बिच भागमा स्थिर भै रहेको अनुभव गर्ने । यस प्रकार अनुभव गर्दै जाँदा बिचमा मन विचलित भै अरु विषय वा पुरानै विषयमा मन भत्किन सक्छ । त्यो बेला नआतिकन फेरी आफ्नो ध्यानको विषय वस्तुमै मनलाई केन्द्रित गर्ने वा हामीले कुनै एक गाथालाई लिएर शरीरको केन्द्रबाट आवाज निकालि बार-बार गाथा उच्चारण गरी पनि ध्यान बस्न सक्छौं । जस्तै कि “ सम्मा अरहं… ” वा  “ बुद्धो.. ” आदि अरु गाथाहरुलाई मन अरु कुनै विषयमा नभौतारिकन ध्यान साधनामा नलागुञ्जेल अनवतर उच्चारण गर्दै जाने, यसरी गर्दै जाँदा हामी आफ्नो आन्तरिक सुख संग मेल हुन जान्छौं ।

यो अभ्यास विधि हेर्दा खेरी प्राथमिक वा पहिलो चरणको जस्तो भएता पनि यसमा भने जस्तै ती निमित्त र गाथाहरुको माध्यमबाट हामीमा ध्यान भावना गर्ने बानी नहुन्जेल सम्म निरन्तर अभ्यास गर्यौं भने, अति आश्चर्य कुराहरुको अनुभव गर्नुको साथै स-साना भएता पनि  दुबै शारीरिक र मानसिक रुपमा सकारात्मक कुराहरु उत्पन्न हुन सुरु हुन्छ । यो कुरा हामीले एक – दुई घण्टाको ध्यानमै प्राप्त गर्न सकिदैनौं । हामीले धेरै मात्रामा समय लगाई अभ्यास गर्दै जानु पर्ने हुन्छ । जस्तैः हामीले एउटा ठूलो रुखको बिउ रोप्यो भने त्यो बिउ बिस्तारै ठूलो हुदै एउटा ठूलो छहारी दिने रुख बन्न समय लाग्ने हुन्छ । तर त्यो समय अवधि भर हरेक दिन त्यो बिउ कति मात्रामा बढेको छ भन्ने कुरा नाप्न नसक्ने हुन्छौं ।

आन्तरिक सुखबाट नै विश्वमा शान्ति फैलिने हुन्छ

यसरी ध्यान अभ्यासको सहायताले धेरै नै चञ्चल भै रहेको वा यता-उति भैटारी रहेको हाम्रो मन भैटारीने क्रम कम हुन्छ । अनि अन्तमा त्यो मन ध्यानको विषय बस्तुमा एकाग्र भई शरीर भित्र स्थिर रुपमा बस्ने हुन्छ । जब त्यस्तो हुन्छ अनि हामी आफैले एक अति नै परिशुद्ध सुखको अनुभव गर्ने हुन्छौं र सबलाई चाहे त्यो जुन सुकै भाषा बोल्ने किन नहोस् वा जुन सुकै धर्मको किन नहोस् । सबले त्यो अति प्रणित सुखको अनुभव गर्न सक्ने हुन्छ । किनकि यो मानवजातिको आफ्नै सुखको विषय हो । यसलाई खोज्न जानु पर्ने वा कतै बाहिरबाट ल्याउँनु पर्ने होइन । सबले आफ्नै प्रयासबाट माथि भने झै गरी आफ्नो मनलाई बुझि  बसमा राखी आफ्नो बोलि, विचार र कार्यलाई अशल बनायो भने, अरुको मनोभावलाई पनि बुझ्ने हुन्छ । र कुन ठिक हो , कुन बेठिक अनि कुन कुशल  र कुन अकुशल हो भनि छुट्याउँन सकिन्छ ।
यदि यसरी नै परिवारका सबै सदस्यहरु, समाज अनि सारा विश्व नै ध्यान भावनाको अभ्यास गरी आन्तरिक सुखको फल हाँसिल गरी स्वयम आफु र अरुलाई मन भित्रको शान्ति नै साँचो शान्ति हो र यसले नै बाहिरी रुपमा विश्व भरमा शान्ति ल्याउँने छ भनी भन्न सक्ने हुन्छ । जुन शान्ति ल्याउँन कुनै हतियारको प्रयोग गर्न नपर्ने , झै-झगडा पनि गर्न नपर्ने, एक शान्त विधिले ल्याएको शान्ति भएर यसलाई नै साँचो रुपमा विश्वलाई संरक्षण गरेको भन्न सकिन्छ ।   

जब मानिसमा प्रज्ञाको ज्योति हुन्छ । तब संसारमा शान्तिको प्रकाश छाउँछ ।

माथि भनिएको ध्यान विधिबाट मानवजातिको मनलाई शुद्ध गर्ने ( Clean the world, Clean the mind ) भन्ने जुन कुरा हो । त्यो नै भिक्षु धम्मजयो भन्तेको प्रार्थना थियो । जुन प्रार्थनामा ध्यान भावना र धर्मको पालन गर्ने विधिलाई प्रचार गरी  हरेक मानिस आफैले त्यसको जानकारी प्राप्त गरी आफु भित्र रहेको महाआश्चर्य कुरालाई आफैले देख्न सक्ने होस् । किनकि यो ज्ञान अध्ययन गरी कुरै कुरामा प्राप्त गर्ने ज्ञान होइन । यो त साच्चै नै अभ्यास गर्न मिल्ने र फल पनि साच्चै प्राप्त हुने र त्यो फलबाट शान्ति पनि पक्कै प्राप्त हुने हो । मानिसहरुको मन अति नै शक्तिशाली छ । तर जब सम्म त्यसलाई लोभ, रिस र मोहले छोपि रहेको हुन्छ । तब सम्म मानिसहरु एक अर्कामा दुःख कष्ट दिने, लुटपात गर्ने गरिन्छ । त्यसै कारणले गर्दा मानवजातिको इतिहासलाई फर्केर हेर्दा हरेक देश, हरेक जातिमा, अनि हरेक युगमा एक अर्कामा दुःख कष्ट दिएर युद्ध भै आएको इतिहास भेताउँन सक्छौं ।
लोक विनाश गर्ने वा युद्ध हुनेको कारण नै सुख शान्ति फेला नपरेको “मन”ले गर्दा हो । जुन मन मानवजातिलाई सुख दिने कारक तत्व बन्न सक्ने हो । जस्तै कि भिक्षु धम्मजयो भन्तेले भन्नु भएको छ कि,

“ हामी मानिसको मन, युद्ध र शान्ति दुबैको सुरुवात गर्ने केन्द्र हुन सक्छ । यदि मानिसको मन लोभ, रिस र मोहले भरिएको छ भने मन क्रोधित भई अरुको छिनी लिने झै-झगडा र युद्ध गर्न बम, बन्दुक आदिको उत्पादन गर्ने हुन्छ र भएको हो । जीवनमा जति पनि दुःख कष्ट, भय अन्तरायहरु आएको हो ती सबै मनमा भएको आगोले गर्दा हो । जनु कि एउटा सानो सलाईको काँटी झै हो जसले पुरै शहरलाई जलाई ध्वस्त पार्न पनि सक्छ । तर अर्को तिर

फेरी, मानवहरुको मन शान्त र सितल भएर स्मृति र प्रज्ञाले भरिएको बेलामा सबै तिर लेखाजोखा गर्न नै नसक्ने गरी सुख आनन्द पनि उत्पन्न हुने हुन्छ । जसले ब्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वभरमा नै सुख शान्ति ल्याउँने हुन्छ । आन्तरिक सुखबाट नै विश्व शान्ति आउँने हो । त्यसकारण मन एक धेरै नै महत्त्वपूर्ण छ । यसले चाहेमा एकै चोटी एकै ठाउँमा युद्ध र शान्ति दुबै ल्याउँन सक्छ ।    

 

वाट फ्रा धम्मकाय विहारमा पृथ्वी दिवस कार्यक्रम

पृथ्वी दिवसको दिन वाट फ्रा धम्मकाय विहारमा वर्षेनी आन्तरिक शान्ति बाटै विश्वमा शान्ति आउँने कुरालाई प्रमाणित गर्न शान्ति गतिविधिहरु हुर्दै आइ रहेका छ । यो वर्षमा पनि वाट फ्रा धम्मकाय विहार, तपाईहरु संसारको जुन सुकै ठाउँमा भएता पनि हजारौं-लाखौं सङ्ख्यामा ZOOM APPICATION बाट शान्ति द्विप प्रज्वलन र ध्यान भावनाबाट संसारलाई शान्ति छोपी संरक्षण गर्ने उद्देश्यबाट हुने कार्यक्रममा सहभागी भै दिनु हुन विनम्र अनुरोध गर्दछौं । हामी सबै एकै ठाउँमा बसी विश्व शान्तिको लागि प्रार्थना गर्दैछौं भन्ने भान होस् भनी तपाईको ZOOM बाट आएको भिडियो र फोटो महाधम्मकाय चैत्य अगाडी मिलाई राखेको ठूलो L.E.D SCREEN मा प्रर्दशन गरिने छ ।

जब हामी सबै एकै साथ आफ्नो मनलाई शुद्ध गरी मन देखि नै माया ममता र भलोले भरिएको मैत्री भाव राखि प्रार्थाना गर्छौ । त हाम्रो यस प्रकारको प्रार्थानाले हामी भित्र रहेको परिशुद्ध शाक्ति आफु वरपरका अति प्रिय मानिसहरु, आफन्तहरु हुदै संसारका सबै सत्त्व प्राणीहरुलाई सम्म पुग्न जाने हुन्छ । त्यति मात्र नभई प्रकृति र विश्व सम्म पनि राम्रो शान्त र सुखमयको आभास छरिएर, विश्वमा शान्ति आउँने निष्चित हुन्छ ।

पृथ्वी दिवसको अवसरमा

अन् लाइन ध्यान भावना कार्यक्रम

शुक्रवार २२ अप्रिल २०२२

समयः

 

साँझ ५ः४५ बजे विश्व भरबाट दीप बालिने, ध्यान भावना र मैत्री भावना

 ६ः२५ बजे परित्राण पाठ र अधिष्ठान प्रार्थाना

 ७ः१० बजे समापन

– – – – – – – – – – – – – – – – – – – – – – – – – – – – –  –

4,300,000,078 पटक धर्मचक्र पाठ पूरा गरिने ।